नेपाली कांग्रेसले भूकम्पपीडितको उद्धार, राहत र पुनर्स्थापनाका लागि पार्टीका तर्फबाट सरकारलाई ५० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ।
साथै, कांग्रेसले स्वदेश र विदेशमा रहेका सबैलाई तन, मन र धनका साथ खुला हृदयले मानवीय सेवाको अभियानमा जुट्न अपिलसमेत गरेको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
शुक्रबार राति ११ : ४७ मा गएको ६ दशमलव ४ म्याग्निच्युडको भूकम्पका कारण जाजरकोट र रुकुम (पश्चिम) लगायतका क्षेत्रमा ठूलो संख्यामा मानवीय क्षति, भौतिक क्षति र सयौँ घाइते भएका छन्।
कांग्रेसले उक्त घटनाले समस्त नेपालीलाई मर्माहत र दुःखी बनाएको उल्लेख गर्दै यस्तो समयमा सरकार, राजनीतिक दल, संघ–संस्था सबै एक भएर विपद्को सामना गर्न सबैमा अपिल गरेको छ।