चीनका पूर्वप्रधानमन्त्री ली खछ्याङको ६८ वर्षको उमेरमा निधन

शुक्रबार, १० कार्तिक, २०८०
डिजिटल संस्करण

चीनका पूर्वप्रधानमन्त्री ली खछ्याङको ६८ वर्षको उमेरमा निधन भएको छ । उनको शुक्रबार राति हृदयाघातका कारण निधन भएको बताइएको छ । चिनियाँ  सञ्चारमाध्यम सिसिटिभीका अनुसार खछ्याङलाई बिहीबार हृदयाघात भएको थियो ।

सिसिटिभीका अनुसार लीले हालै सांघाईमा आराम गरेका थिए । उनलाई बिहीबार अचानक हृदयाघात भएको थियो । सबै उद्धारका उपायहरू असफल भएपछि उनको गएराति १२ बजेर १० मिनेटमा निधन भएको हो ।

चिनियाँ कम्युनिस्ट पार्टीको १७औँ, १८औँ र १९औँ केन्द्रीय समितिका राजनीतिक ब्युरोका स्थायी समिति सदस्य तथा पूर्वप्रधानमन्त्री ली खछ्याङको शुक्रबार सांघाईमा निधन भएको हाे।

See More On

सुझावित समाचार