युवाको रोजाइमा अन्डरकट डिजाइन

सोमबार, २९ असोज, २०८०
डिजिटल संस्करण

अन्डरकट : अन्डरकटमा अगाडिको कपाललाई छाडेर दायाँ र बायाँको कपाललाई छोट्याउने गरिन्छ । युवामाझ लोकप्रिय रहेको यो स्टाइल हिजोआज युवतीले पनि अपनाउन थालेका छन् । यसले कपालसँगै अनुहारको लुक्सलाई समेत परिवर्तन गर्छ । 

ब्लन्ट कट :  स्ट्रेट हेयरमा ब्लन्ट कट निकै सुहाउँछ । मिडियम र लामो कपालमा युवा–युवती दुवैलाई यसले आधुनिक लुक्स दिन्छ । अर्को चलेको स्टाइल स्ट्रेट बब पनि हो । 

क्लासिक लुक्स :  महिलालाई यस्तो हेयर स्टाइल सुहाउँछ । स्ट्रेट कपाललाई लामो पालेर पछाडि झार्दा जुनसुकै पहिरनमा पनि राम्रो देखिन्छ । कपाललाई खुला छाडिने भएकाले मिलाउन सहज र स्याहार गर्न पनि सजिलो हुन्छ । यसमा अगाडिको थोरै कपाललाई पछाडि लगेर पिनले बाँध्नसमेत सकिन्छ । 

सुझावित समाचार