कोठामा अक्सिजनको मात्रा बढाउन..

शुक्रबार, २६ असोज, २०८०
डिजिटल संस्करण

तपाईंले कोठामा इन्डोर प्लान्ट्स रोपेर अक्सिजनको मात्रा बढाउन सक्नुहुन्छ । यस्तो हुँदा कोठा प्राकृतिक देखिन्छ । बिरुवाको स्याहार गर्दा तपाईंको मुड पनि फ्रेस रहन्छ । 

स्पाइडर प्लान्ट्स : स्पाइडर प्लान्ट्स धेरैले रोप्ने इन्डोर प्लान्ट्स हो । यसले रातको समयमा अक्सिजन रिलिज गर्छ । यसको स्याहार गर्न पनि सजिलो छ । 

मनीप्लान्ट : यसले पनि रातमा अक्सिजन फाल्छ । त्यस्तै, यसलाई सौभाग्य र समृद्धिको प्रतीक पनि मानिन्छ । यसका ठूला, गोलाकार हरिया पत्ताहरू अक्सिजनका कारखानाजस्तै हुन् । 

स्नेक प्लान्ट : यसले पनि रातमा अक्सिजन फाल्छ । त्यही कारण सुत्ने कोठामा राख्दा राम्रो हुन्छ । यसले तनावरहित र ऊर्जावान् बनाउन सहयोग गर्छ । यसलाई पहिले पानीमा बिरुवा उमारेपछि मात्र माटोमा सार्नुपर्छ । यसलाई हल्का घामको आवश्यकता पर्छ ।  

पिस लिली : पिस लिली ‘एयरप्युरिफाई’ प्लान्ट हो । यसले शान्ति र सौन्दर्य दुवै प्रदान गर्छ । यसको फूल सेतो रङको हुन्छ । यसलाई गमलामा रोपेर तपाईंको बैठक कोठामा सजाउन सकिन्छ । 

See More On

सुझावित समाचार