आधा घन्टापछि खेल सुरु, अफ्रिदीले रोहितको विकेट लिए

शनिबार, १६ भदौ, २०८०
डिजिटल संस्करण
आधा घन्टापछि खेल सुरु, अफ्रिदीले रोहितको विकेट लिए

तस्बिर : एपी

१६औँ एसिया कपमा शनिबार पाकिस्तानले भारतविरुद्धको खेलमा पहिलो विकेट हात पारेको छ। वर्षाका कारण ३३ मिनेटमा रोकिएको खेलमा पाकिस्तानका लागि साहिन साह अफ्रिदीले भारतीय कप्तान रोहित शर्मालाई बोल्ड गरेका हुन्।

रोहितले १९ बलमा दुई चौकाको सहयोगमा ११ रन जोडेका छन्। भारतले रोहितलाई ४.६ ओभरमा गुमाएको हो। यसअघि स्थानीय श्रीलंकाली समयअनुसार दिउँसो ३ः२५ बजे खेल रोकिएको थियो। पिच र आउट फिल्डमा राखिएको कभर हटाउँदै खेल सुचारु भएको हो।

सुझावित समाचार