पाकिस्तानद्वारा नेपाललाई ३४३ रनको विशाल लक्ष्य

बुधबार, १३ भदौ, २०८०
डिजिटल संस्करण
पाकिस्तानद्वारा नेपाललाई ३४३ रनको विशाल लक्ष्य

तस्बिर : एएफपी

एसिया कप २०२३ को उद्घाटन खेलमा पाकिस्तानले नेपाललाई ३४३ रनको विशाल लक्ष्य दिएको छ। पूरा ५० ओभर खेलेको पाकिस्तानले ६ विकेटको क्षतिमा ३४२ रन बनाएको हो।

मुल्तान अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा पाकिस्तानले टस जितेर पहिले ब्याटिङ रोजेको थियाे।पाकिस्तानका क्याप्टेन बाबर आजम र इफ्तिखर अहमदले शतक बनाए। आजमले सर्वाधिक १५१ र अहमदले १०९ रन बनाउन सफल भए।

नेपालका लागि सोमपाल कामीले दुई तथा करन केसी र सन्दीप लामिछानेले एक–एक विकेट लिए। सोमपाल, ललित राजवंशी र सन्दीपले १०–१० ओभर बलिङ गरेका थिए। ८५ रन दिएका सोमपालले एक मेडन गरे भने ललित र सन्दीपले क्रमशः ४८ र ६९ रन दिए।

सुझावित समाचार