एसिया कप २०२३ को उद्घाटन खेलमा पाकिस्तानसँग भिड्न लागेको नेपालले प्लेइङ ११ छनोट गरेको छ।
नेपाली प्लेइङ ११ मा ओपनरद्वय कुशल भुर्तेल र आरिफ सेख, मध्यक्रममा कप्तान रोहित पौडेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, मोहम्मद आसिफ सेख, गुल्सन झा छन्।
बलिङमा स्पिनर सन्दीप लामिछाने, लेफ्ट आर्म अर्थोडक्स ललित राजवंशी, सिमर सोमपाल कामी र करण केसी छन्।
नेपालले गुल्सन, आसिफलाई अलराउन्ड भूमिकामा खेलाउँदै छ। आजको म्याचमा दीपेन्द्रलाई पनि बलिङ गराउन सक्ने देखिन्छ। पाकिस्तानले आफ्नो प्लेइङ ११ हिजै सार्वजनिक गरिसकेको थियो।