लम्पी स्किन राेग नियन्त्रणबारे सदनलाई जानकारी गराउन सभामुखको निर्देशन

शुक्रबार, २९ असार, २०८०
डिजिटल संस्करण

सभामुख देवराज घिमिरेले लम्पी स्किन रोग नियन्त्रणका लागि हालसम्म सरकारले गरेका प्रयासबारे सदनलाई जानकारी गराउन कृषि तथा पशुपक्षी विकास मन्त्रालयलाई निर्देशन दिएका छन्। 

देशव्यापी महामारीका रूपमा फैलिएको सो रोगका कारण हजारौँ पशुचौपाया मरेका कारण किसान मर्कामा परेको भन्दै सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका थिए। 

सांसदहरूको पटक–पटकको ध्यानाकर्षणपछि सभामुख घिमिरेले सो रोग नियन्त्रणका लागि सरकारका तर्फबाट भइरहेको प्रयासबारे जानकारी गराउन कृषि मन्त्रालयलाई निर्देशन दिएका हुन्।  

त्यसअघि सांसद दीपकबहादुर सिंहले हेटौँडामा सडक विस्तारको सूचना टाँसिएका कारणले स्थानीयवासी आतंकित भएको भन्दै सरकारको ध्यानाकर्षण गराए। 

उनले हैटौँडा बजारमा सडक विस्तार गर्ने हो भने मुआब्जा प्रदान गर्नसमेत सरकारसँग माग गरे। सांसद सिंहले देशव्यापी रूपमा बाँदरले आतंक मच्चाएकाले त्यसलाई नियन्त्रण गर्न माग गरे। 

सुझावित समाचार