मनाङ एयरको हेलिकोप्टर खोज्न अल्टिट्युड एयरको हेलिकोप्टर परिचालन

मंगलबार, २६ असार, २०८०
डिजिटल संस्करण

सोलुखुम्बुबाट काठमाडौंका लागि उडानका क्रममा सम्पर्कविहीन भएको मनाङ एयरको हेलिकाेप्टर खोज्न अल्टिट्युड एयरको हेलिकोप्टर परिचालन गरिएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार विवेक खड्काको नेतृत्वमा अल्टिट्युड हेलिकोप्टर परिचालन गरिएको छ । 

सोलुखुम्बुको सुर्केबाट बिहान ९:५२ बजे काठमाडौंका लागि उडेको कल साइन ९ एनए–एमभी भएको हेलिकोप्टर बिहान १०:१ बजे सम्पर्कविहीन भएको थियो । 

मनाङ एयरका व्यवस्थापक राजु न्यौपानेका अनुसार सम्पर्कविहीन हेलिकाेप्टरमा पाइटलसहित ६ जना सवार थिए । उनका अनुसार पाँच यात्रु मेक्सिकन नागरिक हुन् । प्रतिकूल मौसमका कारण खोज्न गएको हेलिकोप्टर गन्तव्यमा पुग्न नसकेको जनाइएको छ ।
 

सुझावित समाचार