कार्यकक्षमै शिक्षकबाट वडाध्यक्षमाथि आक्रमण

शुक्रबार, २२ असार, २०८०
डिजिटल संस्करण

रामेछापको सुनापति गाउँपालिका– १ गुन्सीमा एक शिक्षकले आफू हिँड्ने बाटोमा वडाध्यक्षले बजेट नछुट्याएको भन्दै आक्रमण गरेका छन् । दोरम्बा शैलुङ गाउँपालिका– ६ मा रहेको बुद्धेश्वरी आधारभूत विद्यालयका शिक्षक नीराजन घिसिङले वडाध्यक्ष ध्रुव चौलागाईंमाथि कार्यालयमै पुगेर आक्रमण गरेका हुन् । 

चालू आर्थिक वर्षमा वडा कार्यालयबाट छुट्याएको बजेटबाट खानेपानी योजना सम्पन्न गरेर अन्तिम भुक्तानीको लागि सिफारिस लिन पुगेका नीराजनले वडा कार्यालयमा प्रवेश गर्नेबित्तिकै सडकमा पैसा किन नछुट्याएको भन्दै वडा अध्यक्षमाथि जाइलागेका थिए । त्यसक्रममा एक सेवाग्राही देवीप्रसाद गौतम घाइते भएका छन् । घाइते गौतमको आँखामाथि र नाकमा चोट लागेको छ । 

घटनापछि वडाध्यक्षको उजुरीका आधारमा प्रहरीले शिक्षक घिसिङलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार घटनाका वेला घिसिङले मादक पदार्थ सेवन गरेका थिए । 

See More On

सुझावित समाचार