कोसीकाे मुख्यमन्त्रीमा उद्धव थापाको दाबी पेस, सभामुखसहितकाे हस्ताक्षरप्रति एमालेको आपत्ति

बिहिबार, २१ असार, २०८०
डिजिटल संस्करण

कोसी प्रदेशमा कांग्रेस संसदीय दलका नेता उद्धव थापाले  मुख्यमन्त्री नियुक्तका लागि दाबी पेस गरेका छन्।

थापाले प्रदेश सभाका ४७ सदस्यको समर्थन आफूलाई रहेको भन्दै बिहीबार प्रदेशप्रमुख परशुराम खापुङसमक्ष मुख्यमन्त्रीको दाबी पेस गरेका हुन्।

थापालाई आफ्नो दलका २९ प्रदेश सभा सदस्य, माओवादी केन्द्रका १२ जना, नेकपा एकीकृत समाजवादीका ४ जना, जनता समाजवादी पार्टीका एकजना र सभामुख बाबुराम गौतमको आफूलाई समर्थन छ। 

यता नेकपा एमालेले भने सभामुख गौतमसहितको हस्ताक्षर आफूहरूलाई मान्य नहुने भन्दै प्रदेश प्रमुखलाई भेटेर आपत्ति जनाएका छन्। उनीहरूले सभामुखसहतिको हस्ताक्षर बदर गराउन अदालत जाने चेतावनी दिएका छन्। 

सुझावित समाचार