ग्लोबल आइएमईका कर्मचारीलाई आइएफसीको तालिम

सोमबार, ११ असार, २०८०
डिजिटल संस्करण

ग्लोबल आइएमई बैंक लिमिटेडका कर्मचारीलाई अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी)ले तालिम दिएको छ । बैंकको कर्जा विभागमा कार्यरत करिब चार सय कर्मचारीलाई वातावरण तथा सामाजिक जोखिम व्यवस्थापन विषयक तालिम दिइएको हो । 

तालिम ग्लोबल आइएमई बैंक र अन्तर्राष्ट्रिय वित्त निगमको सहकार्यमा सम्पन्न भएको जनाइएको छ । कार्यक्रम विशेष गरेर आइएफसी पर्फमेन्स स्ट्यान्डर्डस् र असल वातावरण तथा सामाजिक जोखिम व्यवस्थापनमा केन्द्रित रहेको उल्लेख छ । तालिम आइएफसीका वातावरण तथा सामाजिक जोखिमविज्ञहरूले सञ्चालन गरेको जनाइएको छ । 

अन्तर्राष्ट्रिय रूपमा प्रयोग भइरहेका असल वातावरण तथा सामाजिक अभ्यास, संस्थागत सुशासनलगायतका विषयहरूबाट बैंकको कर्जा विभागमा कार्यरत जनशक्तिको क्षमता अभिवृद्घि भई समग्र बैंकि क्षेत्र लाभान्वित हुने बैंकले विश्वास व्यक्त गरेको छ । 

सुझावित समाचार