लगानी अभावकै कारण उद्यम गर्न नसकिने अवस्थाको अन्त्य गरिने

सरकारको नीति तथा कार्यक्रम

शुक्रबार, ५ जेठ, २०८०
डिजिटल संस्करण

सरकारले लगानीको अभावमा उद्यम गर्न नसक्ने बाध्यतालाई अन्त्य गर्न आवश्यक नीतिगत प्रबन्ध गर्ने भएको छ । 

आगामी आर्थिक वर्ष ०८०–८१ का लागि सरकारले ल्याएको नीति तथा कार्यक्रममा त्यस्तो उल्लेख छ । 

नयाँ बानेश्वरस्थित संसद् भवनमा जारी दुवै संसद्को बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले अहिले नीति तथा कार्यक्रम वाचन गरिरहेका छन् । 

नीति तथा कार्यक्रममा लगानीको अभावमा उद्यमशीलताको विकास नहुने अवस्थाको अन्त्य गरिने उल्लेख छ। 

साथै,  उद्यमशीलताको विकास गर्न, लगानी जुटाउन आवश्यक नीति ल्याउने सरकारको तयारी छ । यस्तै, स्वदेशी तथा वैदेशिक लगानी प्रोत्साहित गरिने नीति सरकारले लिने भएको छ । 

सुझावित समाचार