३ प्रश्न

मंगलबार, २ जेठ, २०८०
डिजिटल संस्करण

नक्कली भुटानी शरणार्थी प्रकरणलाई कसरी हेरिरहनुभएको छ ?
यो गम्भीर मानव बेचबिखन र मानव तस्करीसँग सम्बद्ध अपराध हो । संसारभर केही दलाल या अपराधीले लुकीछिपी मानव तस्करी गर्दै आएको सुनिन्छ, भेटिन्छ । तर, यसरी राज्यका उपप्रधानमन्त्री, गृहमन्त्री, बहालवाला सचिवलगायत उच्चपदस्थ सरकारी निकायका जिम्मेवार व्यक्तिको संलग्नतामा आफ्ना नागरिकलाई नै अनागरिक बनाएर बेचिएको संसारभरकै पहिलो घटना यही हुनुपर्छ ।

यो राज्यविरुद्धको गम्भीर अपराध हो । पछिल्ला दिनमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०१२ देखि नै यसरी नेपालीलाई शरणार्थी बनाएर पठाउने काम भइरहेकोबारे आफूले सुनेको दाबी गरेर सनसनी मच्चाइदिनुभएको छ । उहाँलाई थाहा थियो भने आफू प्रधानमन्त्री हुँदा यसलाई रोक्न या यसबारे अनुसन्धान गराउन किन पहल गर्नुभएन ?

सरकारी वकिलको कार्यालयले छिटो अनुसन्धान टुंग्याउन प्रहरीलाई दबाब दिनुको अर्थ के हुन सक्छ ?
राज्यका उच्चपदस्थहरूको संलग्नता रहेको अपराधमा साना मान्छेलाई फसाएर ठुलालाई जोगाउन खेल खेलिन सक्छ । यसमा पनि पक्राउ परेकाले पैसा बुझाएको भनिसकेपछि पनि आरोपितलाई बोलाएर बयान लिने काम भएको छैन । पूर्वगृहमन्त्रीलाई पक्राउ गर्दा उनले एउटा कागज प्रहरीको हातबाट खोसेर चपाएर निलिदिएको सुन्नमा आएको छ । यस्तो हो भने प्रहरीले तत्काल मुचुल्का उठाएर एक्सरे गराउनुपथ्र्यो । 

यो प्रकरण सहज कानुनी प्रक्रियाबाटै टुंगोमा पुग्ने सम्भावना कति देख्नुहुन्छ ?
अहिलेको अवस्था हेर्दा यो अपूरो जाला जस्तो लाग्छ । सफल अनुसन्धान होला भन्नेमा म त्यति आशावादी छैनँ । 

सुझावित समाचार