मेघगर्जन र चट्याङसहित अधिकांश स्थानमा वर्षा

आइतबार, १७ बैशाख, २०८०
डिजिटल संस्करण
मेघगर्जन र चट्याङसहित अधिकांश स्थानमा वर्षा

फाइल तस्बिर

हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव कायमै छ। गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा पानी पर्ने र रोकिने क्रम चलिरहेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिए। 

काठमाडौंमा भने हिजो बेलुकापछि पानी पर्न रोकिएको भए पनि आज पनि हिजोको जस्तै गरी पानी पर्ने सम्भावना रहेको मौसमविद् नगरकोटीले बताए।

उनका अनुसार आज काठमाडौंसहित देशका धेरै ठाउँमा वर्षाको सम्भावना छ। काठमाडौं उपत्यकामा दिउँसोपछि मेघगर्जन र चट्याङसहित पानी पर्ने अनुमान गरिएको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाको पछिल्लो २० घन्टाको तथ्यांकनुसार सबैभन्दा धेरै वर्षा काठमाडौं उपत्यकामा भएको छ। काठमाडौं उपत्यकामा यो अवधिमा ४३ मिलिमिटर पानी परेको तथ्यांकले देखाएको छ। पश्चिमीसँगै स्थानीय वायु सक्रिय हुँदा देशभरको मौसम बदली भएको छ। हिजोदेखि धेरै ठाउँमा पानी परिरहेको छ।

भोलि सोमबार पनि मधेस प्रदेशका एक–दुई ठाउँमा हावाहुरी चल्ने तथा केही ठाउँमा मेघगर्जन, चट्याङसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
 

See More On

सुझावित समाचार