बारा २ उपनिर्वाचन : जसपाको अग्रता कायमै

मंगलबार, १२ बैशाख, २०८०
डिजिटल संस्करण

बारा २ मा जनता समाजवादीका उपेन्द्र यादवको अग्रता कायमै छ । निर्वाचन अधिकृतको कार्यालयले दिएको पछिल्लो जानकारीअनुसार यादवले नौ हजार नौ सय ७९ मत प्राप्त गरेका छन् ।

उनलाई पछ्याइरहेका जनमतका शिवचन्द्र कुसवाहले  ६ हजार सात सय ८७ मत ल्याएका छन् । त्यस्तै, एमालेका पुरुषोत्तम पौडेलले तीन हजार सात सय ९२ र रास्वपाका रमेश खरेलले एक हजार तीन सय नौ  मत ल्याएका छन् । 

सुझावित समाचार