गाडी प्रयोगबारे जितनारायणकाे प्रश्न– रविलाई आचारसंहिता लाग्दैन ?

आइतबार, १० बैशाख, २०८०
डिजिटल संस्करण
गाडी प्रयोगबारे जितनारायणकाे प्रश्न– रविलाई आचारसंहिता लाग्दैन ?

फाइल तस्बिर

चितवन २ मा गठबन्धनका उम्मेदवार जितनारायण श्रेष्ठले निर्वाचन आचारसंहिता सबैले मान्नुपर्ने बताएका छन्। निर्वाचन आयोगले उम्मेदवारलाई दुईवटा मात्र गाडीको अनुमति दिए पनि रवि लामिछाने १० भन्दा धेरै गाडीमा हिँडेको उनले दाबी गरे।

कांग्रेस चितवनका पूर्वसभापतिसमेत रहेका श्रेष्ठले पत्रकारहरूसँग भने, ‘रवि लामिछाने आफ्ना समर्थकसहित मतदान केन्द्रमा पुग्छन्, हल्लाखल्ला गर्छन्। आचारसंहिता सबैलाई लाग्दैन ?’

श्रेष्ठले मतदान केन्द्रमा मतदाताको प्रतिक्रियाले आफू उत्साहित भएको बताए। उनको प्रतिस्पर्धा रास्वपाका सभापति रवि लामिछाने र नेकपा एमालेका रामप्रसाद न्यौपानेसँग भइरहेको छ ।

सुझावित समाचार