रविका समर्थककाे हुटिङपछि मतदान स्थगित

आइतबार, १० बैशाख, २०८०
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका समर्थकले नाराबाजी गरेपछि भरतपुर– ११ भोजाडस्थित नयाँकिरण कमलकुसुम माविमा मतदान रोकिएको छ। 

मतदानस्थलमा लामिछाने पुग्दा समर्थकले हुटिङ गरेका थिए। मतदानस्थलभित्र नाराबाजी गरेपछि एमालेका समर्थकले प्रतिवाद गरेका थिए। एमाले समर्थकले किन होहल्ला गरेको भनेर प्रतिवाद गर्दा धकेलाधकेल भएको थियो। 

दुई पक्षबीच विवाद भएपछि अहिले मतदान रोकिएको छ।

सुझावित समाचार