एसिसी प्रिमियर लिगमा मलेसियाले नेपालसामु दुई सय ३६ रनको लक्ष्य दिएको छ। टस जिटेर पहिले ब्याटिङ रोजेको मलेसियाले ५० ओभरमा नाै विकेट गुमाएर दुई सय ३५ रन बनाएको हो ।
त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालका लागि सोमपाल कामी र सन्दीप लामिछानेले तीन–तीन विकेट लिए। सोमपालले ४० र सन्दीपले ४८ रन दिएर समान तीन विकेट लिएका हुन्।