अन्तिम ओभरमा रिंकुको पाँच छक्काले केकेआर विजयी, रसिदको ह्याट्रिकले जोगिएन गुजरात

इन्डियन प्रिमियर लिग

आइतबार, २६ चैत, २०७९
डिजिटल संस्करण

इन्डियन प्रिमियर लिग २०२३अन्तर्गत आजको खेलमा कोलकाता नाइट राइडर्स (केकेआर)ले गुजरात टाइटन्समाथि अविश्वसनीय जित निकालेको छ । 

जितका लागि अन्तिम ओभरमा २९ रन आवश्यक परेका वेला रिंकु सिंहले लगातार पाँच छक्का प्रहार गर्दै गुजरातबाट जित खोसे । उनको विस्फोटक ब्याटिङले रसिद खानको ह्याट्रिकलाई ओझेलमा पार्यो ।

पहिले ब्याटिङ गर्दै गुजरात टाइटन्सले २० ओभरमा चार विकेटको क्षतिमा दुई सय चार रन बनाएको थियो । दुई सय पाँच रन पछ्याइरहेको केकेआर खेलमा जिततर्फ उन्मुख देखिएका वेला रसिदले एकै ओभरमा लगातार तीन विकेट लिएपछि गुजरात खेलमा फर्किएको थियो । 

अन्तिम ओभरको खेल जित्न केकेआरलाई २९ रन चाहिएको थियो । ऊसँग तीन विकेट मात्र बाँकी थियो । यस्तोमा मध्यक्रमका ब्याटर रिंकुले एस दयालको बलिङमा लगातार पाँच छक्का प्रहार गर्दै अविश्वसनीय जित निकाले । रिंकुले २१ बलमा ६ छक्काको मद्दतमा अविजित ४८ रन बनाए । 

सुझावित समाचार