आजबाट सिंहदरबारको फोहोर उठ्दैन : मेयर साह

शनिबार, २५ चैत, २०७९
डिजिटल संस्करण

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले आजदेखि सिंहदरबारको फोहोर नउठ्ने बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै मेयर साहले देश सफा गर्नका लागि सिंहदरबारका नेताहरूलाई सिसडोलमा डम्प गर्नुपर्ने बताएका छन्।

उनले  लेखेका छन्, ‘आजबाट सिंहदरबारको फोहोर उठ्दैन। साँच्चिकै देश सफा गर्नुपरे, त्यहाँका नेताहरूलाई सिसडोलमा डम्प गर्नुपर्ने हुन्छ। ’

सुझावित समाचार