प्रभु क्यापिटल र सेन्ट जेभियर्स कलेजबीच सम्झौता

बिहिबार, २३ चैत, २०७९
डिजिटल संस्करण

प्रभु क्यापिटल लिमिटेड र सेन्ट जेभियर्स कलेजबीच विद्यार्थीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सहकार्य गर्ने सम्झौता भएको छ । कलेजको व्यवस्थापन विभागअन्तर्गत स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूलाई क्यापिटलले लगानी, वित्तीय योजना र जोखिम व्यवस्थापनसहित पुँजीबजारको सैद्धान्तिक तथा व्यावहारिक ज्ञान प्रदान गर्ने सम्झौता भएको हो । 

सम्झौतामा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत आशिष गौचन र कलेजका प्राध्यापक फादर डा. अगस्टिन थोमस एसजेले हस्ताक्षर गरेको जनाइएको छ । उक्त कार्यक्रममा क्यापिटलका प्रमुख लगानी अधिकृत दुर्गानन्द झा र श्रीया कुटु तथा कलेजका उपप्राध्यापक सलुजा चन्द तथा व्यवस्थापन विभाग प्रमुख महप्रसाद श्रेष्ठको उपस्थिति रहेको क्यापिटलले जनाएको छ ।

सम्झौताअनुसार प्रभु क्यापिटलले कलेजका विद्यार्थी तथा कर्मचारीलाई आफ्नो सेवामा सहुलियत प्रदान गर्नुका साथै विद्यार्थीको आवश्यकताबमोजिम पुँजीबजारसम्बन्धी सामान्य, आधारभूत तथा प्राविधिक विश्लेषणसम्बन्धी ज्ञान प्रदान गर्ने जनाइएको छ । 
 

सुझावित समाचार