विश्व बैंकले विकास साझेदारसँग समन्वय गर्दै संयुक्त लगानी गर्ने

बुधबार, २१ असोज, २०८३
प्रिन्ट संस्करण

काठमाडौं/ विश्व बैंक समूहका अध्यक्ष अजय बांगाले अन्य विकास साझेदारसँग समन्वय गर्दै नेपालको प्राथमिकताका क्षेत्रमा संयुक्त लगानी गर्ने बताएका छन् ।

अमेरिका भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग वासिङटन डिसीमा भएको भेटवार्तामा उनले यस्तो जानकारी गराएका हुन् ।

अध्यक्ष बांगाले एसियाली विकास बैंक (एडिबी) र अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी)लगायतका विकास साझेदारसँग समन्वय गरी नेपालको प्राथमिकताका क्षेत्रमा संयुक्त लगानी विस्तार गर्न विश्व बैंकले नयाँ पहल गर्ने बताएका हुन् ।

भेटघाटका क्रममा अर्थमन्त्री डा. वाग्लेले हालै रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट क्षतिग्रस्त बनेका भौतिक तथा आर्थिक पूर्वाधारको पुनर्निर्माण, बृहत् आर्थिक सुधार र बिमा एवं सामाजिक संरक्षणका लागि करिब एक अर्ब अमेरिकी डलरबराबरको स्रोत परिचालनबारे छलफल गरे ।

सुझावित समाचार