नेप्सेमा गिरावट, कारोबार रकममा सामान्य सुधार

बुधबार, २१ असोज, २०८३
डिजिटल संस्करण

काठमाडौं । बुधबार सेयर बजारमा गिरावट आएको छ। नेप्से परिसूचक ६.३८ अंकले घटेर दुई हजार ५७२.३४ विन्दुमा कायम भएको हो। ‘क’ वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि ०.६३ अंकले घटेको छ।

आज कारोबार रकममा भने सामान्य सुधार देखिएको छ। मंगलबार तीन अर्ब १३ करोड ८१ लाख १९ हजार रुपैयाँको कारोबार भएकोमा बुधबार तीन अर्ब ७४ करोड ८० लाख ८० हजारको सेयर खरिद–बिक्री भयो।

समूहगत सूचकतर्फ बैंकिङ समूह ०.०७ प्रतिशतले वृद्धि हुँदा बाँकी १२ वटै समूहका सूचक ओरालो लागेका छन्। व्यापार समूह १.३८ प्रतिशतले घट्दा बाँकी समूहको गिरावट एक प्रतिशतभन्दा कम छ।

घटेको बजारमा सर्वाधिक कमाउनेमा घलेम्दी हाइड्रो र एनआइसी एसिया ब्यालेन्स्ड फन्डका लगानीकर्ता छन्। यी धितोपत्र पाँच प्रतिशतभन्दा धेरैले बढ्दा ग्लोबल आइएमई समुन्नत योजना– २ का लगानीकर्ताले पाँच प्रतिशतभन्दा धेरै गुमाए।

सुझावित समाचार