काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला आठ सय रुपैयाँले वृद्धि भएको छ भने चाँदीको मूल्य प्रतितोला १० रुपैयाँ बढेको छ।
महासंघले बुधबारका लागि सुनको मूल्य प्रतितोला दुई लाख ९२ हजार तीन सय रुपैयाँ निर्धारण गरेको छ। मंगलबार सुन प्रतितोला दुई लाख ९१ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि बढेर प्रतितोला चार हजार ४२५ रुपैयाँ पुगेको छ। मंगलबार चाँदी प्रतितोला चार हजार ४१५ रुपैयाँमा कारोबार भएको थियो।
यससँगै एक दिनमै सुन प्रतितोला आठ सय रुपैयाँ र चाँदी प्रतितोला १० रुपैयाँले महँगिएको हो।