ग्लोबल आइएमई बैंकको डिसिइओमा दीपचन्द्र रेग्मी

बुधबार, २१ असोज, २०८३
प्रिन्ट संस्करण

काठमाडौं/ ग्लोबल आइएमई बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत (डिसिइओ) दीपचन्द्र रेग्मी नियुक्त भएका छन् । मंगलबार बसेको बैंक सञ्चालक समितिको बैठकको निर्णयानुसार रेग्मीलाई डिसिइओमा बढुवा गरिएको बैंकले जनाएको छ ।

नवनियुक्त नायब प्रमुख कार्यकारी अधिकृत रेग्मी बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत थिए । सन् २००७ मा स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालबाट बैंकिङ करिअर सुरु गरेका रेग्मी सन् २००९ देखि ग्लोबल आइएमई बैंकमा आबद्ध छन् ।

उनले बैंकको प्रमुख वित्तीय अधिकृत (सिएफओ), प्रमुख मानव संसाधन अधिकृत (सिएचआरओ), प्रमुख कर्जा अधिकृत (सिएलओ) तथा ट्रेड फाइनान्स प्रमुखको जिम्मेवारी सम्हालिसकेका छन् । उनले बैंकको सहायक कम्पनी ग्लोबल आइएमई क्यापिटल लिमिटेडको सञ्चालक समिति अध्यक्षसमेत रहेर काम गरिसकेका छन् ।

सुझावित समाचार