एनआइसी एसिया बैंकका ग्राहकलाई होटेल कन्ट्री भिल्लामा १० प्रतिशतसम्म छुट

बुधबार, २१ असोज, २०८३
डिजिटल संस्करण

काठमाडौं । एनआइसी एसिया बैंकका ग्राहकले काभ्रेको नगरकोटस्थित होटेल कन्ट्री भिल्लामा विभिन्न सेवामा १० प्रतिशतसम्म छुट पाउने भएका छन्।

बैंक र होटेल कन्ट्री भिल्ला प्रालिबिच बैंकका ग्राहकलाई होटेलका विभिन्न सेवामा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा समझदारीपत्रमा हस्ताक्षर भएको हो। समझदारीपत्रमा बैंकका तर्फबाट ट्रान्जेक्सन बैंकिङ प्रमुख पुजनलाल अमात्य र होटेलका तर्फबाट फाइनान्स हेड सुरेन्द्र होराले हस्ताक्षर गरेका छन्।

समझदारीअनुसार बैंकका ग्राहकले होटेलको आवासीय सेवा तथा खाना र पेय पदार्थमा छुट सुविधा पाउनेछन्। डिलक्स वर्गका विभिन्न कोठाको आवासीय सेवा लिँदा शुक्रबार र शनिबार अर्थात् सप्ताहन्तमा पाँच प्रतिशत छुट उपलब्ध हुनेछ। यस्तै, खाना तथा पेय पदार्थमा १० प्रतिशत छुट पाइनेछ।

सप्ताहन्तबाहेक अन्य दिनमा भने आवासीय सेवा तथा खाना र पेय पदार्थ दुवैमा १० प्रतिशत छुट उपलब्ध हुने बैंकले जनाएको छ। उक्त छुट सुविधा लिन ग्राहकले एनआइसी एसिया बैंकको मोबाइल बैंकिङ सेवा (मो.बैंक), डेबिट कार्ड वा क्रेडिट कार्डमार्फत भुक्तानी गर्नुपर्नेछ।

बैंकका अनुसार होटेलसँगको सहकार्यले ग्राहकलाई विभिन्न सेवामा छुट उपलब्ध गराउनुका साथै डिजिटल भुक्तानी प्रणालीको प्रवर्द्धन र नगदरहित कारोबारलाई समेत प्रोत्साहन गर्नेछ। बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सूचना अधिकारी जयन्द्रबहादुर रावलले सहकार्यबाट ग्राहकले सुविधा पाउनुका साथै डिजिटल कारोबारलाई थप प्रोत्साहन पुग्ने विश्वास व्यक्त गरेका छन्।

सुझावित समाचार