इतिहासमा आज

मंगलबार, २१ चैत, २०७९
डिजिटल संस्करण

सन् १९७९ : पाकिस्तानका पूर्वराष्ट्रपति जुल्फिकर अली भुट्टोलाई मृत्युदण्ड दिइएको दिन । भुट्टोलाई ‘कु’मार्फत पदच्यूत गरिएको थियो । मृत्युदण्ड रोक्न अन्तर्राष्ट्रिय आह्वानका बाबजुद उनलाई फाँसी दिइएको थियो ।

सन् १९७५ : बिल गेट्स र पल एलनद्वारा माइक्रोसफ्ट स्थापना । माइक्रोसफ्ट हाल एक बहुराष्ट्रिय निगमको रूपमा विकसित भएको छ । यो संसारको सबैभन्दा ठूलो सफ्टवेयर निर्मातामध्ये एक हो ।

सन् १९६९ : डेन्टन कुलीले पहिलो कृत्रिम मुटु प्रत्यारोपण गरे । उक्त कृत्रिम मुटुले बिरामी हस्केल कार्पलाई ६५ घन्टासम्म जीवित राख्न सक्यो । तर, मानिसको मुटु उपलब्ध हुनुअघि नै उनको मृत्यु भयो । 

सुझावित समाचार