महालक्ष्मी विकास बैंक लिमिटेडले नयाँ वर्षको अवसर पारेर सुलभ ब्याजदरमा कर्जा योजना ल्याएको छ। घर खरिद वा निर्माण गर्न इच्छुकहरूलाई लक्षित गरी बैंकले १२.९९ प्रतिशत ब्याजदरमा कर्जा दिन लागेको हो।
नयाँ वर्षको अवसरमा कर्जा सेवा शुल्कमा समेत विशेष छुट प्रदान गर्ने बैंकले जनाएको छ। महिला सशक्तीकरणमा जोड दिँदै बैंकले घरधनी वा व्यवसायी महिला भए सेवा शुल्कमा ०.२५ प्रतिशत छुट प्रदान गर्दै छ।
आवास कर्जा योजनाअन्तर्गत ऋणीका लागि निर्माण लागतको शतप्रतिशत कर्जा प्रवाह गर्नुका साथै कर्जाको अवधि अधिकतम ३० वर्ष, घर निर्माणमा अग्रिम कर्जा प्रवाह तथा सेवा शुल्कमा छुटजस्ता आकर्षक सुविधाहरू प्रदान गर्ने बैंकले जनाएको छ।
व्यावसायिक कर्जा योजनाअन्तर्गत ऋणीका लागि धितो मूल्यांकनमा उच्चतम कर्जा प्रवाह गर्नुका साथै व्यवसाय सुरु गर्न अग्रिम कर्जा प्रवाह गर्ने तथा सेवा शुल्कमा छुटजस्ता सुविधाहरू बैंकले प्रदान गर्नेछ।