छाउपडी उन्मूलन योजनामा महालक्ष्मी विकास बैंकको सहयोग

सोमबार, १३ चैत, २०७९
डिजिटल संस्करण

महालक्ष्मी विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत छाउपडी प्रथा उन्मूलनका लागि आर्थिक सहयोग प्रदान गर्ने भएको छ ।

‘एक्सन वर्क्स नेपाल’ले सञ्चालन गरेको ‘छाउपडी र महिनावारी स्वास्थ्य स्वच्छता व्यवस्थापन परियोजना’लाई बैंकले आर्थिक सहयोग गर्ने भएको हो। उक्त संस्थाले छाउपडी प्रथाप्रति रहेको पुरातन विश्वास, मान्यता र प्रचलनविरुद्ध जनचेतना जगाउने र त्यसबाट प्रभावित बालिका तथा महिलालाई स्वास्थ्य सेवा र पोषणका सम्बन्धमा जानकारी प्रदान गर्ने उद्देश्यले बैतडीको दिलासैनी गाँउपालिकामा करिब चार महिना उक्त कार्यक्रम सञ्चालन गर्न लागेको छ।

उक्त योजनाअन्तर्गत गाँउपालिकाका विभिन्न वडामा हुने सामाजिक सचेतनाका कक्षा, सडक नाटक, डेउडा नाच तथा स्थानीय स्रोतसाधनको प्रयोग गरी पुनः प्रयोग गर्न सकिने सेनिटरी प्याड बनाउने तालिमका लागि बैंकले आर्थिक सहयोग गर्न लागेको हो।

सुझावित समाचार