भान्सा सफा राख्न यसो गरौं

आइतबार, २८ फागुन, २०७९
डिजिटल संस्करण

अनावश्यक सामान नराख्नुस् :  किचेनका लागि आवश्यक पर्ने सामग्री मात्रै राख्नुस् । सबै सामग्रीलाई सही ठाउँमा राख्नुस् । अनावश्यक सामग्री राख्दा किचेन भद्दा देखिन्छ । 

संयोजन :  तपाईंको भान्सामा रहेका वस्तुहरू व्यवस्थित गर्नुहोस् । तिनीहरूलाई सजिलै देख्न सकिने ठाउँमा राख्नुहोस् । यस्तो हुँदा तपाईंलाई काम गर्ने समयमा सहज हुन्छ र जाँगर पनि चल्छ । 

सफाइ गर्नुहोस् :  भान्साकोठाको भुइँमा लागेका फोहोर तथा स्टोभ र अन्य सतहमा लागेका फोहोर हटाउनुस् । भिजाएको कपडाले दैनिक सफा गर्नाले यी ठाउँ सफा देखिन्छन् । ओभन, फ्रिजलगायत सामग्रीको बाहिरी सतहलाई पनि यसरी नै सफा गर्न सकिन्छ । 

भाँडा धुनुहोस् : कतिपय मानिस रातमा भाँडा धुने जाँगर गर्दैनन् र बिहान एकैपटक भाँडा धुन खोज्छन् । यो निकै खराब तरिका हो । तपाईंले भान्साकोठालाई सफा र हाइजेनिक राख्नुपर्छ । किनकि, रातभर भाँडा सफा नगर्दा त्यहाँ ब्याक्टेरियाहरू जम्मा हुन सक्छन् । त्यसले तपाईंको स्वास्थ्यमा असर गर्न सक्छ । संक्रमित गर्न सक्छ । त्यसैले बिहान होस् वा बेलुकी, खाना खानासाथ भाँडा सफा गर्न बिर्सनुहुँदैन । 

डस्टबिनको प्रयोग : भान्साबाट निस्कने फोहोरलाई डस्टबिनमा हाल्नुहोस् । कुहिने र नकुहिने फोहोरलाई फरक–फरक डस्टबिनमा हाल्नुहोस् । यसो हुँदा एकातर्फ भान्सा भद्रगोल देखिँदैन । अर्कोतर्फ, कुहिने फोहोरलाई कुनै ठाउँमा व्यवस्थापन गरेर तपाईंले त्यसबाट मल पनि बनाउन सक्नुहुन्छ । घरमा रोपिएका फूलका बिरुवा र तरकारीमा ती फोहोर हाल्न सक्नुहुन्छ । 

सुझावित समाचार