अहिलेसम्म ६०३ मत खस्यो, साँझ ७ बजेभित्रै परिणाम घोषणा

बिहिबार, २५ फागुन, २०७९
डिजिटल संस्करण
अहिलेसम्म ६०३ मत खस्यो, साँझ ७ बजेभित्रै परिणाम घोषणा

राष्ट्रपति निर्वाचनका उम्मेदवारद्वय रामचन्द्र पौडेल र सुवासचन्द्र नेम्वाङ। तस्बिर : दीपेन्द्र ढुंगाना/नयाँ पत्रिका

नयाँ राष्ट्रपति चयनका लागि मतदान जारी छ। १२ः३५ सम्म ६ सय तीन मत खसेको छ। जसमा प्रदेशतर्फ तीन सय ३६ र संघतर्फ दुई सय ६७ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। 

मतदान बिहान १० देखि दिउँसो ३ बजेसम्म जारी रहनेछ । नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा संघीय सांसद र प्रदेश सभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्र कायम गरिएको छ।

राष्ट्रपति निर्वाचनमा एमालेबाट सुवासचन्द्र नेम्वाङ र आठदलीय गठबन्धनबाट रामचन्द्र पौडेल उम्मेदवार छन्। 

मतदान सकिएलगत्तै आवश्यक प्रक्रिया पूरा गरेर आजै मतगणना सुरु गरिनेछ। अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको अन्नपूर्ण स्काई लाइट हलमा थालिने मतगणनाको परिणाम ढिलोमा आजै साँझ ७ बजेभित्र घोषणा गर्ने तयारी छ।

सुझावित समाचार