ओलीकाे दाबी- प्रधानमन्त्री दाहालले पुस १० को सम्झौता तोड्नुहुन्न

बिहिबार, ११ फागुन, २०७९
डिजिटल संस्करण

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुस १० गते भएको सम्झौता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नतोड्नेमा आफू पूर्ण विश्वस्त रहेको बताएका छन्। बिहीबार बालकोटस्थित आफ्नै निवासमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सत्तागठबन्धन नटुट्ने दाबी गरे।

अध्यक्ष ओलीले भने, ‘राष्ट्रपति निर्वाचनमा प्रचण्डजीले एमालेलाई धोका दिनुहुन्छ भन्ने हामीलाई विश्वास छैन। माओवादीसँग पुस १० गते नै राष्ट्रपति एमालेलाई दिने सम्झौता भइसकेको छ, प्रचण्डजीले सम्झौताअनुसार एमालेलाई साथ दिनुहुन्छ।’

अध्यक्ष ओलीले एमालेसँग भएको सम्झौता तोडेर माओवादी केन्द्रले अरूसँग सम्झौता गर्न नमिल्ने जिकिर गरे।

सुझावित समाचार