नेपालगन्जबाट काठमाडौं उडेको जहाज भिजिबिलिटी कम भएपछि झापामा अवतरण

शुक्रबार, ६ माघ, २०७९
डिजिटल संस्करण
नेपालगन्जबाट काठमाडौं उडेको जहाज भिजिबिलिटी कम भएपछि झापामा अवतरण

तस्बिर : मदन कुमार गौतम

नेपालगन्जबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको ४४० विमान झापामा आकस्मिक अवतरण गरिएको छ । बिहान ७ बजे नेपालगन्जबाट उडेको विमान ९ बजेर ६ मिनेटमा झापाको भद्रपुर विमानस्थलमा अवतरण गरेको हो ।

काठमाडौंको भिजिबिलिटी कम्तीमा १६ सय मिटर हुनुपर्ने थियो । तर, बिहान १५ सय मिटर मात्रै भएकाले झापामै अवतरण गर्नुपरेको बताइएको छ । सोही जहाजमा सवार एक यात्रु मदनकुमार गौतमले विमानस्थलको लापरबाहीले यस्तो भएको कुरा सामाजिक सञ्जालमार्फत बताएका छन् । 
 

See More On

सुझावित समाचार