सबैलाई समेटेर अघि बढ्ने चाहना छ : घिमिरे

बुधबार, ४ माघ, २०७९
डिजिटल संस्करण
सबैलाई समेटेर अघि बढ्ने चाहना छ : घिमिरे

तस्बिर : अमुल थापा/नयाँ पत्रिका

सत्तागठबन्धनबाट सभामुखमा उम्मेदवारी दिएका एमाले सांसद देवराज घिमिरेले आफू निर्वाचित भए सबैलाई समेटेर अघि बढ्ने बताएका छन्  

संसद् सचिवालयमा उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै घिमिरेले विधि, प्रक्रिया र विगतका अनुभवहरूबाट समेत शिक्षा लिएर सभा सञ्चालन गर्ने आफ्नो योजना रहेको बताए । 

प्रस्तावकका रूपमा सुवासचन्द्र नेम्वाङले संसद् सचिवालयका महासचिव भरतराज गौतमसमक्ष सभामुखमा घिमिरेलाई निर्वाचित गरियोस् भन्ने सूचनाको प्रस्ताव केहीबेरअघि दर्ता गराएका छन् ।

घिमिरेको उम्मेदवारी प्रस्तावमा माओवादी प्रमुख सचेतक हितराज पाण्डे, रास्वपा अध्यक्ष रवि लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले समर्थन गरेका छन् । 

सभामुखको प्रस्तावमाथि भोलि प्रतिनिधिसभाको बैठकमा मत विभाजन हुनेछ । 

सुझावित समाचार