गण्डकीको मुख्यमन्त्रीमा खगराज अधिकारी नियुक्त

सोमबार, २५ पुष, २०७९
डिजिटल संस्करण

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता खगराज अधिकारी नियुक्त भएका छन्।

साेमबार प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।

६० सदस्यीय प्रदेश सभामा एमालेका २२, माओवादीका आठ, राप्रपाका दुई र स्वतन्त्र सांसद दीपक मनाङसहितको समर्थनमा उनले मुख्यमन्त्री दाबी गरेका थिए।

सुझावित समाचार