बालकोटमा जुट्यो सहमति, दाबी पेस गर्न शीतलनिवास जाने तयारी

आइतबार, १० पुष, २०७९
डिजिटल संस्करण

बालकोटमा बसेको बैठकमा नयाँ गठबन्धन गरी सरकार निर्माण गर्ने सहमति भएको छ। सरकार गठनमा दाबी पेस गर्न राष्ट्रपतिनिवास जाने तयारी भएको छ। 

नेकपा एमाले अध्यक्ष केपी ओलीको निवास बालकोटमा आइतबार बसेको बैठकले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आधा कार्यकालका लागि प्रधानमन्त्रीको रूपमा अघि सारेको बताइएको छ। 

एमालेसहित ७ राजनीतिक दलले प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति गरेका हुन्। प्रचण्डलाई एमालेका ७८, माओवादीका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राप्रपाका १४, जसपा १२ र अन्य साना दलको समेत समर्थन जुटेको बताइएको छ। 

सुझावित समाचार