आठ जिल्लाका एसपी फेरिए

सोमबार, ४ पुष, २०७९
डिजिटल संस्करण

प्रहरी प्रधान कार्यालयले २३ प्रहरी उपरीक्षक (एसपी)को काज सरुवा गरेको छ। सरुवामा ८ जिल्लाका प्रहरी प्रमुख फेरिएका छन्।

सरुवा सूचीअनुसार झापामा एसपी दुर्गाराज रेग्मी, पर्सामा कोमल शाह, धनुषामा विश्वराज खड्का, सर्लाहीमा नरेशराज सुवेदी, सिन्धुलीमा राजकुमार सिलवाल, बाँकेमा सन्तोषसिंह राठौर, सुर्खेतमा योगेन्द्रसिंह थापा र कैलालीमा देवेन्द्रबहादुर पाललाई पठाइएको छ।

एक वर्ष अवधि पुगेका एसपीहरूको नियमित सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

सुझावित समाचार