फास्टफुड चेन रेस्टुरेन्ट भ्याली एक्सप्रेसको नयाँ शाखा ललितपुरको पुल्चोकमा खुलेको छ । मासुजन्य व्यवसायमा स्थापित भ्याली ग्रुपको भगिनी संस्था रहेको भ्याली एक्सप्रेसको सातौँ आउटलेटको पुल्चोकमा बुधबार उद्घाटन गरिएको छ ।
भ्याली एक्सप्रेसले अन्तर्राष्ट्रिय चेन रेस्टुरेन्टले उपयोग गरिरहेका प्रविधिको प्रयोग गरी ग्रिल्ड चिकेन, चिकेन बर्गर, फ्राइड चिकेन, ससेज मिल, चिकेन पपकर्नलगायतका स्वादिष्ट परिकार बेच्दै आएको छ । सहरी उपभोक्तालाई सुपथ मूल्यमा गुणस्तरीय, स्वस्थकर र स्वादिलो तयारी खाना उपलब्ध गराउने उद्देश्य लिएर नयाँ आउटलेट खोलिएको भ्याली एक्सप्रेसका निर्देशक बाबुराजा रावलले बताए । ‘नेपालमा उत्पादन बढाई रोजगारको अवसर निर्माण गर्ने र सुपथ मूल्यमा स्वस्थकर मासुजन्य सामग्री उत्पादन गर्ने हाम्रो लक्ष्य हो,’ रावलले भने ।
सुपथ मूल्यमा गुणस्तरीय मासुजन्य व्यापारको उद्देश्यले ०४१ मा स्थापित भ्याली ग्रुप ३१ वर्षपछि फास्टफुडको व्यापारमा प्रवेश गर्दै पहिलो आउटलेट चितवनमा खोलेको थियो । प्रारम्भमा मासुजन्य व्यापारको उद्देश्यले स्थापना भएको प्रालिले ३७ वर्षको दौरानमा मासु प्रशोधनसँगै आधुनिक दाना उद्योग र आधुनिक ह्याचरी उद्योगसमेत गरी पोल्ट्री व्यवसायलाई एकीकृत रूपमा सञ्चालन गर्दै चेन रेस्टुरेन्टमा प्रवेश गरेको थियो । भ्याली एक्सप्रेसको ब्रान्डमा फास्टफुड चेन रेस्टुरेन्टको क्षेत्रमा ६ वर्षअघि प्रवेश गरेको थियो ।
चितवनमा परीक्षणका रूपमा सात वर्षअगाडि सुरु भएको भ्याली एम्सप्रेसका परिकारलाई उपभोक्ताले रुचाएपछि काठमाडौं उपत्यकामा आउटलेट सुरु गरेको थियो । बालाजु नयाँबजारमा आफ्नै परिसरमा दोस्राे शाखाको स्थापना गरी बजारीकरण सुरु गरेको भ्याली एक्सप्रेसले शाखाहरू फैलाउँदै लगेको छ ।