रौतहटमा सवारीसाधनको ठक्करबाट स्थानीय व्यापारीको मृत्यु, गरुडा बजार बन्द

सोमबार, १२ मंसिर, २०७९
डिजिटल संस्करण

रौतहटको गरुडामा सवारी दुर्घटनामा एक स्थानीय व्यापारीको ज्यान गएपछि स्थानीयले गरुडा बजारमा चक्काजाम गरेका छन्। साेमबार बिहान 'मर्निङवाक'मा निस्किएका स्थानीय व्यापारी राजनारायण साहलाई पहिचान खुल्न नसकेको सवारीसाधनले ठक्कर दिएर भागेकाे थियाे। 

आज बिहान साहको इलाका प्रहरी कार्यालय गरुडनजिकै सवारीसाधनको ठक्करबाट ज्यान गएको थियो। साहलाई ठक्कर दिएलगत्तै भागेको सवारी पहिचानको माग गर्दै स्थानीयले बिहानैदेखि चन्द्रनिगाहपुर–गौर सडकखण्डमा चक्काजाम  गर्दै बजार बन्द गरेका छन्।

साहलाई ठक्कर दिने सवारीको खोजी भइरहेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ। स्थानीयले भने ठक्कर दिने सवारीसाधन पहिचान नभएसम्म बजार बन्द गर्ने र चन्द्रनिगाहपुर-गौर सडकखण्डमा सवारी चल्न नदिने बताउँदै आएका छन्।

See More On

सुझावित समाचार