रुपन्देही ४ प्रदेश (क) बाट कन्हैया बनियाँ विजयी

बुधबार, ७ मंसिर, २०७९
डिजिटल संस्करण

रुपन्देहीको क्षेत्र नं ४ प्रदेश (क) बाट लोकतान्त्रिक समाजवादी पार्टीका कन्हैया बनियाँ विजयी भएका छन् ।  निर्वाचन अधिकृत देवेन्द्र आचार्यका अनुसार कुल ३५ हजार ५ सय ७७ मत खसेकोमा बनियाँले १५ हजार १ सय ३७ मत ल्याइ विजयी भएकाे जानकारी दिए ।

उनका निकटतम प्रतिद्वन्द्वी जनमत पार्टीका जितेन्द्रनाथ शुक्ल (बब्लु) ले ९ हजार २ सय ५३ मत पाएका छन् । नेपाली कांग्रेसका अष्टभुजा पाठलले ८ हजार २७ मत पाई तेस्रो स्थानमा पुगेका छन् ।

सुझावित समाचार