Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ कार्तिक २८ सोमबार १०:४५:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सिजीले ल्यायो नानो युरिया झोल मल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ कार्तिक २८ सोमबार १०:४५:००

चौधरी ग्रुपअन्तर्गत रहेको सिजी एग्रोले नानो युरिया मल बजारमा ल्याएको छ । यो झोल मल भारतको ‘इन्डियन फर्मर फर्टिलाइजर कर्पोरेटिभ लिमिटेड’ले उत्पादन गरेको हो । यसलाई अन्नबाली, दाल, तरकारी, चिया, उखु, फलफूल, औषधि बालीका साथै अन्य सबै बाली तथा बोटबिरुवामा छर्कन सकिने कम्पनीले जनाएको छ  । यसको नाम ‘सिजी–इफ्को नानो युरिया’ राखिएको छ । 

नेपालमा कृषि उत्पादन बढाउन, माटोको गुणस्तर सुधार्न, वातावरण प्रदूषण रोक्न, किसानको आम्दानी बढाउन र कृषिमा लागत घटाउन मल उपयुक्त हुने कम्पनीको दाबी छ । नानो प्रविधि प्रयोग गरेर तयार गरिएको यो मलले खाद्य र कृषि क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्ने कम्पनीको भनाइ छ ।नानो प्रविधिबाट निर्मित मलले परम्परागत रासायनिक मलको मात्रालाई घटाउनेछ । यसले बिरुवाको उचित वृद्धि र विकासका लागि आवश्यक पर्ने प्रमुख पोषक तत्व नाइट्रोजन प्रदान गर्नेछ । परम्परागत युरियाको तुलनामा नानो युरियालाई पातमा छर्किनुपर्छ ।

परम्परागत दानादार युरियालाई माटोमा छर्ने गरिन्छ भने नानो युरिया पानीमा मिसाई बिरुवाको पातमा छर्कने गरिन्छ । कम्पनीका अनुसार एक लिटर पानीमा दुईदेखि चार मिलिलिटर नानो युरिया मिलाएर छर्कनुपर्छ ।

बाली लगाएको ३० देखि ३५ दिनभित्रमा पहिलोपटक छर्किने र दोस्रोपटक फूल फुल्नु एक हप्ताअघि छर्कनुपर्ने कम्पनीले जनाएको छ  । हरेक वर्ष बाली लगाउने वेला किसानले मलको चरम अभाव खेपिरहन बाध्य भएपछि ल्याइएको झोल मलले आगामी दिनमा महŒवपूर्ण भूमिका खेल्ने चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले बताए ।

चौधरी ग्रुप र इफ्को इन्डियाबीच रणनीतिक साझेदारी
यसैबीच चौधरी ग्रुप र इफ्को इन्डियाबीच रणनीतिक साझेदारीपत्रमा हस्ताक्षर भएको छ । यस साझेदारीले नेपालमा नवीनतम कृषि प्रविधि र विकास भिœयाउन केन्द्रित रहने जनाइएको छ । साझेदारीपत्रमा चौधरी ग्रुप र इफ्को इन्डियाका प्रतिनिधिले हस्ताक्षर गरेका थिए ।