१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
कमल खत्री म्याग्दी
२०७९ कार्तिक १ मंगलबार १६:५८:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

राष्ट्रिय महिला भलिबलमा विभागीय एपिएफ र पुलिस फाइनलमा

Read Time : < 1 मिनेट
कमल खत्री, म्याग्दी
२०७९ कार्तिक १ मंगलबार १६:५८:००

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत म्याग्दीको सदरमुकाम बेनीमा जारी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा सशस्त्र प्रहरीको एपिएफ र नेपाल पुलिस क्लब प्रवेश गरेका छन्। एपिएफलले बागमती र पुलिसले गण्डकी प्रदेशलाई सेमिफाइनलमा पराजित गर्दै फाइनल यात्रा पक्का गरेका हुन्।

सात प्रदेश र तीन विभागीय टिमले सहभागिता जनाएको प्रतियोगिताको फाइनलमा उत्कृष्ट खेल प्रदर्शन गर्दै विभागीय टिमले स्थान सुरक्षित गरेका छन्। मंगलबार खुलामञ्चमा भएको सेमिफाइनलमा पुलिसले सोझो तीन सेटमा गण्डकीलाई पराजित गर्दै फाइनल प्रवेश गरेको हो। पुलिसले गण्डकीमाथि २५–१०, २५–१८ र २५–११ को सहज जित निकालेको थियो। 

त्यसैगरी, एपिएफले बागमतीलाई ३–१ को सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो। पहिलो सेटमा २५–२३ को नतिजा निकालेको बागमती दोस्रो, तेस्रो र चौथो सेटको खेलमा सम्हालिन नसक्दा एपिएफले नतिजा आफ्नो पक्षमा पारेको हो। प्रतियोगिताको दोस्रो, तेस्रो र चौथो सेटमा एपिएफले बागमतीमाथि २५–२३, २५–२२, २५–१६ को जित निकाल्दै फाइनल यात्रा तय गरेको छ।

सेमिफाइनलमा एपिएफकी निरुता ठगुन्ना र पुलिसकी कामना विष्ट उत्कृष्ट खेलाडी घोषित भए। बुधबार प्रतियोगिताको फाइनल प्रतिस्पर्धासँगै तेस्रो स्थानका लागि सेमिफाइनलसम्म पुगेका गण्डकी र बागमती प्रदेशले प्रतिस्पर्धा गर्नेछन्।