१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २२ शनिबार o८:५७:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

न्यु डायमन्डले आर्मीलाई हरायो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o८:५७:oo

साबिक विजेता न्यु डायमन्डले सातौँ शेरबहादुर स्मृति राष्ट्रिय महिला भलिबल प्रतियागितामा नेपाल आर्मी क्बललाई ३–१ को सेटमा हराएको छ । अर्को खेलमा एपिएफ क्लबले विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा निराश पारेको छ । राखेपको कभर्ड हलमा बुधबार भएको पहिलो खेलमा न्यु डायमन्डले आर्मीमाथि २५–१२, २५–१५, १७–२५ र २५–२१ को जित निकालेको थियो । खेलमा न्यु डायमन्डकी सुमित्रा रेग्मी ‘प्लेयर अफ दी म्याच’ भइन् । एपिएफले प्रहरीलाई २५–२१, २२–२५, २५–१७ र २५–१६ ले पराजित गरेको थियो । एपिएफकी सरस्वती चौधरी प्लेयर अफ दी म्याच बनिन् । विजेता दुवै टोलीले समान ३ अंक जोडेका छन् ।

राखेपका सदस्यसचिव टंकलाल घिसिङले उद्घाटन गरेको प्रतियोगिताको विजेताले चार लाख ९९ हजार र उपविजेताले दुई लाख ५० हजार रुपैयाँ पाउनेछन् । तेस्रो हुने टोलीले एक लाख २५ हजार तथा चौथोले ६२ हजार रुपैयाँ हात पार्ने आयोजकले जनाएको छ । सर्वोत्कृष्ट खेलाडीले ५० हजार, विधागततर्फ उत्कृष्ट हुनेले जनही २५ हजार रुपैयाँ जित्नेछन् । आगामी शनिबारसम्म चल्ने प्रतियोगितामा चार टोलीले राउन्ड रोबिन लिगका आधारमा प्रतिस्पर्धा गर्नेछन् । लिगको शीर्ष दुई स्थानमा रहने टोली उपाधिका लागि भिड्नेछन् । 

पुनमलाई स्पेसल अवार्ड 
यसैबीच, आयोजकले भलिबल खेलाडी पुनम चन्दलाई ५० हजार नगदसहित स्पेसल अवार्डबाट सम्मान गरेको छ । प्रतिष्ठानका अध्यक्ष रञ्जन खड्काले भलिबलमा पुर्‍याएको योगदान करद गर्दै चन्दलाई अवार्ड प्रदान गरेको बताए । चन्दले ३२ साउन ०७६ देखि ८ भदौसम्म बंगलादेशको ढाकामा सम्पन्न प्रथम एभिसी एसियन सिनियर सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपमा स्वर्ण, ०७६ मंसिर १५ देखि २४ गतेसम्म नेपालमा भएको १३औँ दक्षिण एसियाली खेलकुद (साग)मा रजत र गत वर्ष नेपालमा आयोजना भएको तेस्रो एभिसी एसियन सिनियर सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपमा कांस्य पदक जितेकी थिइन् ।

ad
ad