१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १७ सोमबार o८:२६:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

रविन र उषा उत्कृष्ट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार o८:२६:oo

नेपाल भलिबल संघ (एनभिए)ले उषा भण्डारी र रविन चन्दलाई वर्षको उत्कृष्ट खेलाडीका रूपमा सम्मान गरेको छ । विभागीय टोली नेपाल पुलिसबाट खेलिरहेका रविन पुरुषतर्फ र उषा महिलातर्फ उत्कृष्ट खेलाडी घोषित भएका हुन् । दुवैले जनही ५० हजार रुपैयाँ प्राप्त गरेका छन् ।

दुवै खेलाडीले राष्ट्रिय टोलीबाट पनि उत्कृष्ट प्रदर्शन गरेका थिए । त्यस्तै, उदीयमान खेलाडीमा महिलातर्फ न्युडायन्ड स्पोर्टस् क्लबकी प्रगति नाथ तथा पुरुषतर्फ विभागीय टोली एपिएफका हेमन्त मल्ल घोषित भए । उत्कृष्ट पुरुष खेलतर्फ प्रशिक्षकमा गण्डकी प्रदेशका रमेश केसी तथा महिला खेलतर्फ पुलिसका रूपेश विष्ट चुनिए । पुरुषतर्फ गण्डकी र महिलातर्फ पुलिसले उत्कृष्ट टोली घोषित हुँदै समान दुई लाख प्राप्त गरेका छन् । प्रकाश तिमल्सिना उत्कृष्ट खेल पत्रकार चुनिए । संघले राष्ट्रिय पुरुष भलिबल टोलीका पूर्वकप्तान इमबहादुर रानामगरलाई ५० हजार रुपैयाँसहित सम्मानित गरेको छ । 

यसैबीच, राखेपका सदस्य सचिव टंकलाल घिसिङले त्रिपुरेश्वरमा रहेको बहुउद्देश्यीय कभर्डहलमा प्यारापिट थपिने घोषणा गरेका छन् । सदस्यसचिव घिसिङले एनभिए अवार्डमा सम्बोधन गर्दै उत्तर (जंगीअड्डा)तर्फ रहेको सानो भागमा प्यारापिट थपेर कभर्डहल बढाउने बताएका हुन् । यसै वर्ष रातो किताबमा बजेट समावेश गर्ने र कभर्डहल थप स्तरीय बनाउने उनले बताएका हुन् । 

ad
ad