१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
रासस काठमाडौं
२o८१ बैशाख २५ मंगलबार १३:१३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

एक किलो ७६८ ग्राम सुन र एक करोडभन्दा बढी रकमसहित सातजना पक्राउ

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार १३:१३:oo

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले एक किलो सात सय ६८ ग्राम सुन तथा एक करोड ४३ लाख ६० हजार नगदसहित सातजनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।

पक्राउ पर्नेमा दार्चुला महाकाली नगरपालिका– ३ टाँटे बस्ने ४७ वर्षीय गणेशदत्त बडू र आयुष बडू, झापा बिर्तामोडका दिनेश खरेल र भरतराज खरेल तथा भारत महाराष्ट्रका अमोल विभुते, ऋषिकेशप्रकाश विभुते र गणेशसतिश बाल्टे रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए।

बिहीबार साँझ काठमाडौंको इन्द्रचोकबाट पक्राउ परेका उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो।

ad
ad