१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०८० चैत १० शनिबार ०८:४१:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

आर्मी र हेल्प नेपाल फाइनलमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० चैत १० शनिबार ०८:४१:००

त्रिभुवन आर्मी क्लबले आठौँ आरबिबी एनभिए भलिबल च्याम्पियनसिपअन्तर्गत पुरुष फाइनल स्थान पक्का गरेको छ । दशरथ रंगशालाको कर्भड हलमा शुक्रबार आर्मीले नेपाल पुलिस क्लबमाथि ३–२ को रोमाञ्चक जित हात पार्दै अन्तिम दुई स्थान पक्का गरेको हो ।

आर्मी समग्रमा २५–१८, २३–२५, २६–२४, १३–२५ र १४–१५ ले विजयी भएको हो । अर्को खेलमा हेल्प नेपालले गण्डकी प्रदेशलाई सीधा ३–० को सेटमा हराउँदै आर्मीसँगको उपाधि भिडन्त पक्का गरेको छ । हेल्प नेपालबाट पाकिस्तानका अनुभवी खेलाडी फखार उबैदिन, उस्मान अली र कासिफ नदिमले उत्कृष्ट प्रदर्शन गरेका थिए ।

हेल्प नेपालले गण्डकीलाई २५–१९, २७–२५ र २५–१९ ले हराएको हो । हेल्प नेपाल र गण्डकीबीच दोस्रो सेट रोमाञ्चक बन्यो । दोस्रो सेटको सुरुमा गण्डकीले अग्रता लियो । दुई अंकले पछि परेको अवस्था उल्ट्याउँदै हेल्प नेपालले सेट १६–१६ बराबरी गरेको थियो । तर, टाइम आउट लिएपछि हेल्प नेपालले चार अंक जोड्यो । 

गण्डकीले अन्तिम समयमा लगातार चार अंक बटुलेपछि सेट २४–२४ को रोमाञ्चक बराबरीमा पुग्यो । हेल्प नेपालले २७–२५ ले जित्दै सेटमा २–० को अग्रता लिएको थियो । तेस्रो सेटमा नेपालले लगातार पाँच अंक जोडेपछि जिततर्फ अग्रसर भयो । प्रतियोगिताको महिला र पुरुष दुवैतर्फका विजेताले पाँच लाख, दोस्रोले दुई लाख ५० हजार र तेस्रो टोलीले एक लाख २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।