१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०८० चैत ९ शुक्रबार १५:४५:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

राष्ट्रिय भलिबलमा एपिएफ क्लब तेस्रो

Read Time : < 1 मिनेट
२०८० चैत ९ शुक्रबार १५:४५:००

नेपाल एपिएफ क्लबले चन्द्रागिरि नगरपालिका न्यु डायमन्ड महिला भलिबल टोलीलाई पराजित गर्दै महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको महिलातर्फ तेस्रो स्थान हासिल गरेको छ ।
    
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा आज भएको खेलमा डायमन्डलाई ३–१ सेटमा पराजित गर्दै एपिएफले तेस्रो स्थान हासिल गरेको हो । 

खेलमा एपिएफले पहिलो सेट २५–२२ ले आफ्नो पक्षमा पार्‍याे । त्यसैगरी, खेलको दोस्रो सेट भने डायमन्डले २५–२३ ले जित्दै खेललाई एक–एक सेटको बराबरीमा ल्यायो । 

त्यसपछिको तेस्रो र चौथो सेट भने एपिएफले आफ्नो पक्षमा पार्न सफल भयो । एपिएफले तेस्रो सेट २५–१४ ले जित्यो भने चौथो सेट २५–२१ आफ्नो पक्षमा पार्‍याे । 

उक्त प्रतियोगिताअन्तर्गत महिलातर्फको उपाधिका लागि भने विभागीय नेपाल पुलिस क्लब र एभरेस्ट भलिबल क्लब बुटवलबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल भोलि हुनेछ । (रासस)