मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ भदौ २४ शुक्रबार ०६:३७:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

एनआरएनएसँग सुदूरपश्चिम १२ रनले पराजित

Read Time : < 1 मिनेट
२०७९ भदौ २४ शुक्रबार ०६:३७:००

एनआरएनएले नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत ३४औँ राष्ट्रिय पुरुष टी–२० क्रिकेट प्रतियोगितामा बिहीबार सुदूरपश्चिम प्रदेशलाई १२ रनले हराएको छ । वर्षाका कारण खेल ६ ओभरमा झारिएको थियो । कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा पहिलो ब्याटिङ गरेको एनआरएनएले निर्धारित ६ ओभरमा ४ विकेट गुमाउँदै ७४ रन बनायो । एनआरएनएका म्यान अफ दी म्याच सागर पुनले नटआउट रहँदै ४६ रन जोडे । उनले १९ बलमा समान तीन चौका र छक्का प्रहार गरे । कप्तान सुनाम गौतम २४ रनमा नटआउट रहे ।

सुदूरपश्चिम ६ ओभरमा ६ विकेट क्षतिमा ६२ रनमा समेटियो । खडक बोहराले १२ रन र कप्तान राजु रिजालले ११ रन जोडे । एनआरएनएका दीपक क्षेत्रीले ४ विकेट लिए । राष्ट्रिय खेलकुदमा एनआरएनए टोलीले पहिलोपटक सहभागिता जनाएको हो ।

बागमती प्रदेश र प्रदेश १ बीचको खेल वर्षाका कारण भएन । मूलपानीमा हुने भनिएको मधेस प्रदेश र गण्डकी प्रदेशसँगै लुम्बिनी प्रदेश र कर्णाली प्रदेशबीचको खेल पनि वर्षाका कारण सम्भव भएन । सम्भव नभएका खेलका टिमले १–१ अंक बाँडेका छन् । यसअघि प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले ब्याटिङ र राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले बलिङ गरेर सुरु गरेका थिए । 

प्रतियोगितामा ११ टोली सहभागी छन् । सहभागी टिमलाई २ समूहमा विजभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइनेछ । समूहको शीर्ष २ टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।