Skip This
भृकुटीमण्डपमा आइतबारदेखि जुत्ताचप्पल व्यापार मेला 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ भदौ ४ शनिबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७९ भदौ ४ शनिबार o८:४५:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

भृकुटीमण्डपमा आइतबारदेखि जुत्ताचप्पल व्यापार मेला 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ भदौ ४ शनिबार o८:४५:oo

भदौ ५ गतेदेखि २० गतेसम्म चल्ने मेलामा १० देखि ५० प्रतिशत छुटमा ३० भन्दा बढी ब्राण्डका जुत्ता पाउन सकिन्छ

स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्न पाँचौ दसैँ जुत्ताचप्पल व्यापार प्रवर्द्धन मेला आइतबारदेखि हुने भएको छ । स्वदेशमा उत्पादित जुत्ताचप्पल, छालाका वस्तु तथा सामग्री प्रदर्शन गर्ने उद्देश्यले फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएशन अफ नेपालको आयोजनामा यही भदौ ५ गतेदेखि २० गतेसम्म पाँचौ व्यापार प्रवर्द्धन मेला काठमाडौँको भृकुटीमण्डपमा हुन लागेको हो ।

मेलाका संयोजक सुरज बन्जाडेले आयात प्रतिस्थापन गरी जुत्ताचप्पल तथा छालाका वस्तु उत्पादनको क्षेत्रमा मुलुकलाई आत्मनिर्भर बनाउन मेलाको आयोजना गर्न लागेको जानकारी दिए  ।

मेलाले एक अर्का उद्यमीबीच स्वच्छ र स्वस्थ प्रतिस्पर्धा गर्ने अवसर प्रदान गरी उत्पादनको गुणस्तर तथा डिजाइनमा सुधार ल्याउने वातावरण निर्माण गर्ने उनको भनाइ छ ।

एशोसिएशनका अध्यक्ष नानीराज घिमिरेले कोरोना महामारीका कारण धराशायी बनेको नेपाली जुत्ताचप्पल उद्योगको विकासका लागि मेलाबाट सहयोग पुग्ने विश्वास व्यक्त गरे । मेलामा १० देखि ५० प्रतिशत छुटमा ३० भन्दा बढी ब्राण्डका एक हजार मोडलका जुत्ता पाउन सकिने बताइएको छ । मेला १५ दिनसम्म चल्ने छ ।